दिलिजा रुवालीको स्वरमा ‘मेरा भगवान’ (भिडियोसहित)

काठमाडौं,
पुस ३ ।

द भ्वाइस अफ किड्स सिजन-४ की फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको गीत ‘मेरा भगवान’को सार्वजनिक गरिएको छ । पद्मा लिंखा मगरको शब्द र सुरेश बानियाँको संगीत तथा एरेन्जमा तयार गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

बिज्ञापन

उक्त गीतमा जन्मदिने आमाको ममता, स्नेह र निःस्वार्थ प्रेमलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतमार्फत आमा जीवनको पहिलो गुरु तथा सन्तानको सफलताको आधार हुन् भन्ने सन्देश दिइएको छ ।

गीतको भिडियो सुनिल भण्डारीको छायाँकन, नवीन घर्तीमगरको सम्पादन तथा चित्रा मास्की मगरको निर्देशनमा निर्माण गरिएको हो । भिडियोमा दिलिजा रुवाली, दिपेन्द्र तिमिल्सिना, टीका सानु र सुरेश बानियाँको अभिनय देख्न सकिन्छ ।