
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको पदाधिकारी निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षले स्पष्ट वर्चस्व कायम गरेको छ।

अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरसहित पुनः निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले अपेक्षित मत ल्याउन सकेनन्। महासचिव पदमा कडा प्रतिस्पर्धा देखिए पनि संस्थापन पक्षकै उम्मेदवार शंकर पोखरेल दुई सयभन्दा बढी मतान्तरसहित विजयी भएका छन्।

१९ सदस्यीय पदाधिकारी टिममध्ये १७ जना अध्यक्ष ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। संस्थापन इतर अर्थात् ईश्वर पोखरेल पक्षबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी हुन सफल भएका छन्।


यस निर्वाचन परिणामसँगै एमाले नेतृत्वमा संस्थापन पक्षको पकड थप बलियो बनेको विश्लेषण गरिएको छ।
यस्तो बन्यो एमालेको पदाधिकारी टिम
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्षहरू
पृथ्वी सुब्बा गुरुङ
विष्णु पौडेल
रामबहादुर थापा ‘बादल’
गोकर्ण विष्ट
रघुजी पन्त
महासचिव
शंकर पोखरेल
उपमहासचिवहरू
लेखराज भट्ट
घुवीर महासेठ
योगेश भट्टराई
सचिवहरू
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल


