
काभ्रे । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ स्मारिका विमोचन गर्नुका साथै वेबसाइट शुभारम्भ गरेकी हुन् । वेबसाइटमा महासंघको इतिहास, सदस्य, सञ्चारमाध्यम, सञ्चारकर्मीको विवरणका साथै संस्थाका गतिविधी समेटिएका छन् । स्मारिकामा महासंघको इतिहास, पत्रकारिताका वर्तमान चुनौती र प्रविधी अनुरुपको पत्रकारिताका विविध पाटो समेटिएका लेख तथा महासंघका गतिविधीहरु समेटिएका छन् ।

२०४९ साल पुष २ गते धुलिखेलमा भएको भेलाले आवाज साप्ताहिकका सम्पादक यादव थपलियाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ (तात्कालिन नेपाल पत्रकार संघ)को ५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।

वर्तमान सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन जेन–जी आन्दोलनपछि गठन भएको सरकारलाई तोकिएकै समयमा निर्वाचन गराउन सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै, पत्रकार महासंघका सांगठनिक गतिविधिमा काभ्रेपलाञ्चोक शाखाले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले पत्रकारिताको राष्ट्रिय प्रशिक्षण केन्द्र काभ्रेमा सञ्चालन गर्न केन्द्रीय समितिले पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।


नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश कार्यसमितिका अध्यक्ष कृष्ण सारु मगरले प्रदेशभर सञ्चारकर्मी, सञ्चारमाध्यम र शाखाको संस्थागत विकासको लागि प्रदेशले पहलकदमी लिने बताउँदै काभ्रे शाखाको पूर्वाधार र संस्थागत विकासको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु भोजराज तिमल्सिना, इश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना, अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ कामना प्रकाशन प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिना, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिका सदस्य सुनिता सापकोटा, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका सचिव शुभराज अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोका उपाध्यक्ष कपिल कोइराला लगायतले पूर्वाधारका हिसाबले सम्पन्न हुँदै गएको भन्दै अब पत्रकारको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले सबै अग्रज र सहयोगीहरुको साथ र सहयोगले महासंघले पूर्वाधारहरु तयार गरेको भन्दै आगामा दिनमा पत्रकारिता तालिम, अन्तरक्रिया, क्षमता अभिवृद्धि लगायतका काममा केन्द्रीत हुने धारणा राखे ।नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले यसअघि रजत बर्ष समारोहका अवसरमा संस्थापकलाई सम्मान गरिसकेको छ । प्रत्येक बर्ष स्थापना दिवस विभिन्न रचनात्मक काम गरी मनाउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले बनेपामा आफ्नो ३३औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। सो अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ स्मारिकाको विमोचन गर्दै महासंघको वेबसाइट शुभारम्भ गरिन्, जसमा संस्थाको इतिहास, सदस्य, सञ्चारमाध्यम र गतिविधिहरू समेटिएका छन्।
कार्यक्रममा अध्यक्ष शर्माले स्रोतसाधनको अभावका बाबजुद पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा महासंघ सक्रिय रहेको बताइन्। उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सरोकारवालाको भूमिका आवश्यक रहेकोमा जोड दिइन्। साथै, काभ्रेपलाञ्चोक शाखाको सक्रिय भूमिकाको प्रशंसा गर्दै काभ्रेमा राष्ट्रिय पत्रकारिता प्रशिक्षण केन्द्र सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा बाग्मती प्रदेश अध्यक्ष कृष्ण सारु मगरलगायत वक्ताहरूले पत्रकारको क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए। काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष बिनोदकुमार न्यौपानेले आगामी दिनमा तालिम, अन्तरक्रिया र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिए।


