एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय, नेतृत्व चयन प्रक्रिया बन्द सत्रबाट

 

काठमाडौँ । नेकपा (एमाले)को चालु केन्द्रीय कमिटी बैठकले पार्टीको संगठनात्मक संरचना सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव पारित गरेको हो।

बिज्ञापन

त्यसैगरी, पदाधिकारी संख्या १९ रहने निर्णय गरिएको छ। प्रस्तावित संरचनाअनुसार ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव रहनेछन्। साथै, स्थायी कमिटी केन्द्रीय कमिटीको एक तिहाइ रहने र पोलिट्ब्युरो ९९ सदस्यीय बनाइने निर्णय पनि बैठकले गरेको छ।

केन्द्रीय कमिटीले पारित गरेको यो प्रस्ताव आगामी महाधिवेशनबाट अनुमोदन भएपछि लागू हुनेछ। प्रस्ताव अनुमोदन भएलगत्तै तुरुन्त बस्ने बन्द सत्रमार्फत पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

एमाले नेतृत्वले संगठनलाई थप व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन संरचनात्मक पुनर्संरचना आवश्यक भएको बताएको छ।