
काठमाडौँ — रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले संयोजन गरेका छन्। गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन् । गीतको एरेन्ज विशाल निरौलाको गरेका हुन । रोमान्टिक भाव र आधुनिक प्रस्तुति समेटिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , राकेश दाहालको सम्पादन जस बहादुर याक्खा (जसु)को निर्देशन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। एन जेड शालु र मुकेश गुरुङको अभिनय देख्न सकिन्छ ।

‘परान’ गीत हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/ embed/LjeHnKrZDIY?si=Pn_MLx- wcIWQFJCg” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin- when-cross-origin” allowfullscreen></iframe>
बिज्ञापन





