पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते

# पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर २६, २०८२
पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक तीन जनाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका आठ जनालाई उद्धार गरेर उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले जानकारी दिए। दुर्घटनाको कारण भने अहिलेसम्म स्पष्ट भइनसकेको जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up