काभ्रेपलाञ्चोकमा आठ अस्पतालले स्वास्थ्य बीमामा प्रथम सेवा शुरू, मण्डनदेउपुरको आधारभूत अस्पताल पनि आबद्ध

# काभ्रेपलाञ्चोकमा आठ अस्पतालले स्वास्थ्य बीमामा प्रथम सेवा शुरू, मण्डनदेउपुरको आधारभूत अस्पताल पनि आबद्ध
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २२, २०८२
काभ्रेपलाञ्चोकमा आठ अस्पतालले स्वास्थ्य बीमामा प्रथम सेवा शुरू, मण्डनदेउपुरको आधारभूत अस्पताल पनि आबद्ध

काभ्रे : स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालले अब प्रथम सेवा प्रदान गर्न थालिएको छ। आइतबारदेखि मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा शुरू गरेपछि, जिल्लामा स्वास्थ्य बीमामा आबद्ध अस्पतालहरूको संख्या आठ पुगेको हो। उक्त अस्पतालले साउन अन्तिम साता स्वास्थ्य बीमा बोर्डमा आबद्ध भइ प्रथम सेवा केन्द्रको स्वीकृति प्राप्त गरेको थियो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले औपचारिक रूपमा सेवाको शुरुआत गरेका छन्।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरेको र आइतबारदेखि औपचारिक सेवा सुरु गरिएको बताए। उनका अनुसार, नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरिसकेका छन्।

बिज्ञापन

यसअघि, सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रसँगै बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति प्राप्त गरी सेवा प्रदान गर्दै आएका थिए। धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्रको सेवा गत साउन २६ देखि धुलिखेल अस्पताल परिसरबाट सुरु गरेको छ। यो निर्णय भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण लामो समयदेखि स्थगित थियो। नगरले धुलिखेल अस्पताल परिसरमा स्वास्थ्य बीमा सेवा लिन आउनेलाई सजिलो बनाउने उद्देश्यले चिकित्सक, नर्स, र औषधिसहित ‘रिफरल’ सेवा पनि सुरू गरेको जनाएको छ।

गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु बनाउने नियम लागू गरेको थियो। २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार स्वास्थ्य संस्थामा यस नियमको पालन गरिँदै आएको छ, जहाँ मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले पहिले नै सेवा प्रदान गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up