निर्वाचनको वातावरण बनाउन सरकार चुकिरहेको छ— कांग्रेस महामन्त्री थापा

# निर्वाचनको वातावरण बनाउन सरकार चुकिरहेको छ— कांग्रेस महामन्त्री थापा
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २१, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार चुकिरहेको छ— कांग्रेस महामन्त्री थापा

उनका अनुसार राजनीतिक दलहरू फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि तयार र प्रतिबद्ध रहे पनि सरकारको अनिश्चयपूर्ण र दोधारे व्यवहारले देशभर शंका बढेको छ ।

फरार कैदी र लुटिएको हतियार मुख्य चुनौती

बिज्ञापन

जेन–जी आन्दोलनपछिका घटना–उपद्रवका कारण फरार रहेका कैदीबन्दी र सुरक्षा निकायबाट लुटिएका हतियार निर्वाचन सुरक्षाका लागि गम्भीर चुनौती बन्ने थापाको तर्क छ ।
उनले भने, ‘भागेका कैदीबन्दी र हतियार सरकारले तत्काल नियन्त्रणमा ल्याउनुपर्छ । नभए तोकिएको मितिमा चुनाव सम्भव भए पनि वातावरण अनुकूल हुँदैन।’

थापाका अनुसार प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वदलीय बैठकमै यी चुनौतीहरूबारे ध्यानाकर्षण गराइसकिएको छ ।

मधेशमा होली, पहाड–हिमालमा मौसम पनि समस्या

महामन्त्री थापाले मधेशमा होली पर्व पर्नु र पहाड–हिमाली क्षेत्रमा प्रतिकूल मौसम हुने सम्भावना पनि निर्वाचन व्यवस्थापनका दृष्टिले चुनौतीपूर्ण हुने बताए ।
उनका अनुसार, ‘तोकिएको मितिमा निर्वाचन गर्न केही कठिनाइ त छन् । तर राजनीति इच्छाशक्ति भए ती समाधानयोग्य छन्।’

सभापतिमा उम्मेदवारी दिने घोषणा

पत्रकार सम्मेलनमै थापाले आसन्न कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् ।
उनका अनुसार पार्टीभित्र नयाँ नेतृत्वको अपेक्षा चुलिएको र कार्यकर्ताहरू परिवर्तन र ताजगी खोजिरहेकोले सभापतिमा आफ्नो उमेद्वारी रहने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up