सहरी विकासमन्त्री घिसिङ: उपत्यकाका नदीहरू सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने योजना

# सहरी विकासमन्त्री घिसिङ: उपत्यकाका नदीहरू सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने योजना
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २१, २०८२
सहरी विकासमन्त्री घिसिङ: उपत्यकाका नदीहरू सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने योजना

काठमाडौँ : सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरूलाई सफा गर्नका लागि धेरै फोहोर पानी प्रशोधन प्लान्ट निर्माण गर्ने तयारी गरिरहेको बताएका छन्।

आज थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको निरीक्षण गर्दै मन्त्री घिसिङले बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरूलाई सफा गर्नका लागि प्रशोधन प्लान्टहरूको ठूलो आवश्यकता हुने बताए।

बिज्ञापन

उनले भनें, “थापाथली करिडोरमा बनेको प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई बागमती नदीमा फाल्नेछ।” मन्त्री घिसिङले एडीबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माण कार्य भइरहेको जानकारी दिए, तर केही ढिलाई भएको पनि स्वीकार गरे।

उनले स्पष्ट पारे, “रुख कटानी र लालितपुर क्षेत्रमा स्थानीयको विरोधका कारण काममा ढिलाई भएको हो, जसले ओभरअल प्रोजेक्टमा प्रभाव पारिरहेको छ।”

मन्त्री घिसिङले थपे, “यो वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टले टुकुचाको सम्पूर्ण ढल सिष्टमलाई सफा गर्नेछ र पानीलाई बागमतीमा फाल्नेछ।”

उनले भने, “अब निर्माणाधीन संरचनाहरू एक डेढ वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ। साथै, हामीले उपत्यकाका अन्य स्थानहरूमा पनि ट्रिटमेन्ट प्लान्टहरू निर्माण गर्ने योजना बनाएका छौँ। बागमती, विष्णुमती र धोबीखोला जस्ता नदीहरू सफा गर्नका लागि धेरै प्लान्टहरूको आवश्यकता छ।”

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up