लेखेर राख्नुस्, ओली नै अध्यक्ष हुनुहुन्छ- विष्णु रिमाल

# लेखेर राख्नुस्, ओली नै अध्यक्ष हुनुहुन्छ- विष्णु रिमाल
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, मंसिर १८, २०८२
लेखेर राख्नुस्, ओली नै अध्यक्ष हुनुहुन्छ- विष्णु रिमाल

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौँ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन्।प्रेस चौतारी नेपालले बिहीवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन्।

उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे।उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने बताए।

रिमालले भने, ‘हामीले फाइनल गरिसकेका छौँ अध्यक्ष केपी ओली हुनुहुन्छ। यो चाहिँ ठहर नै हो। साथीहरूले लेखेरै राख्नु भए हुन्छ। छाप्नु भए पनि हुन्छ, बजाए पनि हुन्छ। २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up