
काठमाडौंमा फेला परेका पुरुष काभ्रेका रहेको पुष्टि

काठमाडौंको धोबी खोलामा आज बिहान मृत फेला परेका पुरुष काभ्रे मण्डनदेउपुर–१ का ५० वर्षीय ललित गिरी रहेको खुलेको छ।
बिज्ञापन

शंखमूलमा बस्दै आएका गिरी मदन भण्डारी कलेज नजिक साइकलसहित मृत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शवको सनाखत गिरीकी श्रीमतीले गरेकी हुन्।


घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


