
उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् ।

२००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेकोचर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको ताए ।
बिज्ञापन

‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्यौं । परिवर्तन गर्न हाम्रा नेताहरू सफल देखिनुभयो । तर, आर्थिक क्रान्तिमा असफल बन्नुभयो,’ उनले भने, ‘राजनीतिमा ठूलठूलो भाषण गर्न सक्ने व्यक्ति विकासको नेतृत्व गर्न असफल हुँदै आए । परिणाममुखी राजनीतिक कसैले गरेनन् ।’


७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो । यहीँनेर हामी चुक्यौं ।’


