काठमाडौंबाट घुर्मी हिँडेको गाडी चालक सहित ३ दिनदेखि सम्पर्कविहीन – खोजी गरिदिन परिवारको आग्रह

मंसिर १६ गते काठमाडौंबाट घुर्मीका लागि प्रस्थान गरेको ना१ज ५८१२ नम्बरको टाटा सुमो चालकसहित तीन दिनदेखि बेपत्ता रहेको छ।

उक्त सुमोमा काठमाडौं घर भएका देवेन्द्र केसी सवार थिए। मंसिर १३ गते बेलुका ८:५८ बजे उनले खुर्कोट प्रहरी चौकीमा इन्ट्री गराएका थिए। सोही राति १०:५५ बजे परिवार र गाडी रिजर्भ गर्ने व्यक्तिलाई फोन गरी “घुर्मी आउन करिब ७ किलोमिटर मात्र बाँकी छ” भनी जानकारी गराएका थिए। त्यसपछि उनी र गाडी दुवैसँग सम्पर्क हुन सकेको छैन।

बिज्ञापन

गाडी रिजर्भ टिप बोक्न काठमाडौंदेखि घुर्मी गएको बुझिएको छ। गाडीमा चालक मात्र सवार थिए। घटनापछि निरन्तर फोन लाग्ने तर कसैले रिसिभ नगर्ने अवस्थाले आशंका थपिएको छ। मोबाइलको कल लोकेशन घुर्मीबाट करिब १०० मिटर वरपर देखिएको भए पनि प्रहरी र स्थानीयद्वारा गरिएको व्यापक खोजीमा अहिलेसम्म गाडी र चालक फेला परेका छैनन्।खुर्कोटदेखि घुर्मी क्षेत्रसम्म प्रहरी चौकी र स्थानीयवासीले निरन्तर खोजी कार्य जारी राखेका छन्।

यदि कसैले यो गाडी वा देवेन्द्र केसीलाई कतै देख्नुभएको छ भने नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। साथै, तलका नम्बरहरूमा पनि सम्पर्क गर्न सकिन्छः
📞 ९८०५९८८५२०
📞 ९८०८८०३५९८
📞 ९८१५७५९८६८

हराइएका व्यक्तिको खोजीमा सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ ।