
काभ्रेपलान्चोक – “प्रविधीको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित पाँचखाल नगरपालिका र प्रहरी चौकी पाँचखालको सह–समन्वयनमा सञ्चालन भइरहेको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत दोस्रो दिनको कार्यक्रम आज सम्पन्न भएको छ।


मंसिर १० गते भएको उक्त कार्यक्रममा प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले सर्वमंगला माध्यमिक विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, यसको पहिचान, रोकथाम र सुरक्षित प्रविधि प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरे।


कार्यक्रममा सहभागी विद्यार्थीहरूले सामाजिक सञ्चालको सुरक्षित प्रयोग, डिजिटल वातावरणमा देखिन सक्ने जोखिम, हिंसाका संकेत तथा सहयोगका माध्यमबारे विस्तृत जानकारी पाए।

प्रशिक्षणका माध्यमबाट विद्यार्थीलाई सचेत बनाउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सामुदायिक भूमिका सुदृढ गर्न मद्दत पुग्ने आयोजकहरूले बताएका छन्।


