सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

# सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, मंसिर ११, २०८२
सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

काठमाडौँ -सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णु ढुंगेल रहेका छन् ।

उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति हुन् । उनी तत्कालिन माओवादी पार्टीमा आवद्ध थिए ।

जेनजी आन्दोलनका क्रममा उनले अदालत जलाउनुपर्छ भन्दै दिएको अभिक्ति भाइरल भएको थियो । सोही आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन

सर्वोच्चमा आगजनी गरेको आरोपमा यसअघि पनि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।

अदालतमा आगजनी तथा तोडाफोड गर्नेमाथि कारवाही गर्न माग गर्दै सर्वोच्चले नै प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा सक्रिय बनेको हो ।

 

प्रतिक्रिया दिनुहोस !
up