
काठमाडौं – एआईजी ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी प्रमुखको कमान्ड सम्हालेका छन् । बुधबार रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका हुन् ।


मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालयमा पस्थापन गर्ने निर्णय गरेको थियो । कार्कीलाई डीआईजी ओम अधिकारी सहितका प्रहरी अधिकृतहरूले स्वागत गरेका छन् ।
बिज्ञापन


जेनजी प्रदर्शनसँगै उपत्यकामा सुरक्षा चुनौती थपिएको छ । भदौ २४ मा आन्दोलनकारीको आक्रमणबाट सबैभन्दा धेरै क्षति उपत्यकामा भएको थियो । उपत्यकामा गिरेको प्रहरीको मनोबल उठाउँदै शान्ति सुरक्षा बहाल गर्नुपर्ने चुनौती कार्कीको काँधमा छ ।



