


आईजीपी दानबहादुर कार्कीले देशभर शान्ति–सुरक्षा सुदृढ गर्न, अपराध रोकथाम तथा अनुसन्धानमा परिणाममुखी कार्यशैली अपनाउन कडा निर्देशन दिएका छन्।


आईजीपी कार्कीले बढ्दो सुरक्षा संवेदनशीलताका बीच प्रहरी संगठनले आफ्नो भूमिकालाई झन् प्रभावकारी, पारदर्शी र जिम्मेवार बनाउनुपर्ने आवश्यकता जोड दिए।

उनले शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण एवं अनुसन्धान, आसन्न निर्वाचन सुरक्षाका पूर्वतयारी, ट्राफिक व्यवस्थापन, प्रहरी आचरण र अनुशासन, आर्थिक पारदर्शिता, कार्यालय सञ्चालन तथा जनशक्ति व्यवस्थापनलगायत विषयमा स्पष्ट निर्देशन दिए।
त्यसैगरी धार्मिक तथा साम्प्रदायिक संवेदनशीलताका घटनाको पूर्वानुमान गरी समयमै आवश्यक सुरक्षा तयारी गर्न, प्रहरी कर्मचारीको गुनासा व्यवस्थापन तथा मनोबल अभिवृद्धि, अपराध प्रवृत्ति विश्लेषणका आधारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुदृढ गर्नुपर्नेमा जोड दिए। साथै आपतकालीन सुरक्षा योजना, आन्तरिक शुद्धिकरण, भिड व्यवस्थापन र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा विशेष ध्यान दिन निर्देशन गरे।
संगठनको गोपनीयता, विपद् व्यवस्थापन र व्यावसायिक निष्ठा आजको आवश्यकता रहेको बताउँदै आईजीपी कार्कीले प्रहरी संगठनलाई आधुनिक, जनमैत्री र विश्वासिलो बनाउने प्रतिबद्धता दोहोर्याए।


