निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने र सुशासनका निम्ति सबल आधार तयार गर्ने रहेकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताएका हुन् ।

उनले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान निर्देशन समेत दिए । राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रुपमा औँल्याएको अवस्थामा विशेष अपरेशनमार्फत अधिकांश हतियार फिर्ता ल्याइसकेको उनले जानकारी दिए ।

बिज्ञापन

सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सुरु भएको निर्वाचन केन्द्रीत सुरक्षा गोष्ठी सवै प्रदेशमा सम्पन्न गरिने बताइएको छ ।