काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । हिजो (शनिबार) सम्पन्न भएको मतदानले प्रताव वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उनले ४ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ४ सय ५७ मत पाएका छन् ।

त्यसै गरी अर्का अध्यक्ष पदमा उम्मेदवार बसन्त नारायण भोछिभोया १ सय १७ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार ६ सय ४३ मतका साथ बिजयी भएका छन् । उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेस भक्त भोछिभोया बिजयी भएका छन् ।
महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके निर्वाचित भएका छन् ।

त्यस्तै संघको कोषाध्यक्षमा मानकाजी प्रधान विजयी भएका छन् । उनले ५ सय २४ मत पाएका छन् । त्यसैगरी मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा ५ सय ७८ मतका साथ कृष्णलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सह सचिवमा रामकुमार श्रेष्ठ , सह कोषाध्यक्षमा श्याम कुमार भालु ( मुनाल) निर्वाचित भएका छन् भने सह मुख्य संयोजकमा रवि तौजले विजयी भएका छन् ।

त्यसैगरी कार्यसमितिमा हरिस चन्द्र अधिकारी,निर्देष पलाञ्चोके, रोसन खुप्पा श्रेष्ठ, राजन बहादुर ढकाल,रहदेव पोटे,सुजन मानन्धर, रजेन्द्र पसछे, नरेस राज कायष्ठ,गौमत मानन्धर र सुमन चौ प्रधान निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly