
काठमाडाैं :- प्युठानमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा ऐरावती गाउँपालिका–५, झिबाङका २१ वर्षीय प्रकाश बोहरा छन् ।
बिज्ञापन


१६ वर्षीया एक किशोरीको बलात्कार गरेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको हो ।
प्रकाशले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



