एनपीएल: सन्दीप लामिछानेको जबरदस्त प्रदर्शनमा विराटनगर किंग्सले जनकपुरलाई ९ रनले पराजित

 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको छ।

बिज्ञापन

विराटनगरले निर्धारित १३६ रनको लक्ष्य प्रस्तुत गरेकोमा जनकपुर केवल १२६ रनमै रोकियो। विराटनगरका स्टार स्पिनर सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिएर चार विकेट लिँदै टोलीको जित सुनिश्चित गरे।

उनको प्रभावकारी बलिङले जनकपुरको ब्याटिङ लाइनलाई पूर्ण रूपमा दबाबमा राख्यो र खेलको दिशा तय गर्यो।

विराटनगर किंग्सका खेलाडी तथा समर्थकहरूले सन्दीपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै जितको उत्सव मनाएका छन्।