सुशीला कार्की नेतृत्वको सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्छ : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको भन्दै अदालतले कुनै पनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने बताए ।

बिज्ञापन

उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए ।