


धुलिखेल — PABSON Banepa को आयोजनामा ‘One-Day Training on Curriculum & Internal Assessment of Science and Technology’ विषयक एकदिने तालिम धुलिखेलस्थित होटेल सारथिमा सम्पन्न भएको छ।


मंसिर ६ गते आयोजित तालिमको सभापतित्व महेन्द्र बिष्टले गरेका थिए। कार्यक्रममा केन्द्रीय प्याब्सन नेपालका उपमहासचिव भिमसेन केसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने प्याब्सन काभ्रे (जिल्ला) अध्यक्ष श्याम बहादुर भुजेलले पनि कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता तालिमले शिक्षकको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिममा विज्ञान तथा प्रविधि विषयको पाठ्यक्रम, आन्तरिक मूल्यांकनको प्रभावकारी कार्यान्वयन तथा सिकाइ–सिकाइको गुणस्तर वृद्धि विषयमा विस्तृत रूपमा प्रस्तुति तथा छलफल गरिएको सभापति महेन्द्र बिष्टले जानकारी दिए।
कार्यक्रमलाई Golden Books Pvt. Ltd. ले सहयोग गरेको थियो। क्षेत्रका विभिन्न विद्यालयका विज्ञान शिक्षक तथा प्रतिनिधिहरूको सक्रिय सहभागितामा तालिम सफलतापूर्वक सम्पन्न भएको PABSON Banepa ले जनाएको छ।



