प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणापछि देशभर ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

messenger sharing button
whatsapp sharing button

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणा भएको समयको मतदाता नामावली संकलनमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म चलाइएको खुला नामावली संकलनमा पुरुष चार लाख ७३ हजार ३४५, महिला तीन लाख ६३ हजार ७७८ र अन्य ६१ मतदाता थपिएका छन्।

बिज्ञापन

आयोगले थप मतदातामध्ये तीन लाख ४४ हजार ९१४ जना नियमित प्रक्रियाबाट र चार लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीबाट दर्ता भएको जनाएको छ।

यसअघि १६ कात्तिकसम्म कुल मतदाता संख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेको थियो। आयोगले नयाँ मतदाता विवरण सार्वजनिक गर्दै निर्वाचन तयारीलाई गति दिन थालेको छ।