ज्योति एकेडेमीमा पहिलो ‘किण्डर ओलम्पिक्स–२०८२’ सम्पन्न

 

काभ्रे — ज्योती एकेडेमीले आयोजना गरेको पहिलो ‘किण्डर ओलम्पिक्स–२०८२’ उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यसहित आयोजित यो प्रतियोगितामा एनर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।

बिज्ञापन

कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष त्रिरत्न मानन्धरले बालमैत्री खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी प्रधानाध्यापक महेन्द्र विष्टले किण्डर ओलम्पिक्सले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन र टोली भावना विकास गर्न सहयोग पुर्‍याएको बताए। कक्षा यूकेजीदेखि कक्षा २ सम्मका कुल १०० जना विद्यार्थी सहभागी थिए।

अभिभावकहरूको उपस्थिति र विद्यार्थीको उत्साहले कार्यक्रम थप आकर्षक बनेको विद्यालयले जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई मेडल, प्रमाणपत्र तथा प्रोत्साहन पुरस्कारले सम्मान गरिएको थियो।