


काठमाडौं। यातायात व्यवस्था विभागले छपाइ पूरा भई वितरणका लागि तयार भएका ड्राइभिङ लाइसेन्सहरूको विवरण अब विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सार्वजनिक गर्ने भएको छ।
बिज्ञापन


पहिले अनलाइन प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन सूचना आउने गरेकोमा जेनजी आन्दोलनका कारण प्रणाली अवरुद्ध भएपछि फेसबुकलाई विकल्पका रूपमा प्रयोग गर्न लागिएको विभागले जनाएको छ।

फेसबुकमा आफ्नो नाम समावेश भएपछि सक्कल राजस्व रसिद र पुरानो लाइसेन्ससहित विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ।


