


काभ्रे — भुम्लु गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलको अध्यक्षता र काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।


सुनुवाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, नेपाली सेनाका प्रमुख सेनानी झलक सुबेदी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक माधव रेग्मी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाह, जिल्ला अनुसन्धान प्रमुख दीपक खड्का, प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटा तथा ईलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख प्रहरी निरीक्षक सुमन चापागाईको विशेष उपस्थिती रहेको थियो।

गाउँपालिकाका १० वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, शिक्षक, कर्मचारी तथा स्थानीयवासीहरू सहभागी भएको सार्वजनिक सुनुवाइमा पहिलो चौमासिकका योजना, कार्यक्रम, खर्च, उपलब्धि तथा चुनौतीबारे विस्तृत प्रस्तुतिकरण गरिएको थियो।
कार्यक्रममा सहभागी सबैप्रति भुम्लु गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।




