
काठमाडौं – दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै नागरिक बचाउ महाअभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ।


अभियानका सदस्यहरूले महाअभियानका केन्द्रीय अध्यक्ष प्रसाईंलाई गएराति कुनै जाहेरी र पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन्।
बिज्ञापन


‘देश द्रोही, भ्रष्टाचारी, दलाल, तस्कर र हत्याराहरू खुलेआम ससम्मान हिडिहेको अवस्थामा अभियानका केन्द्रीय अध्यक्षलाई २४ घण्टाभित्रमा बिनासर्थ रिहाइको माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ,’ अभियानले भनेको छ, ‘सो अवधिभित्र पनि उहाँको रिहाइ नभएमा भोलिबाट थप आन्दोलन र संघर्षका कार्यक्रमसहित अघि बढ्न अभियान बाध्य रहनेकुरा जानकारीका लागि अनुरोध छ।’



