


पनौती। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं साधारणसभा कात्तिक २८ र २९ गते दुई दिनसम्म विभिन्न शाखा तथा सेवा केन्द्रहरूमा भव्य रूपमा सम्पन्न भएको छ।


दुई दिनसम्म चरणबद्ध रूपमा आयोजित साधारणसभाले संस्थाको विगत वर्षको आर्थिक, सामाजिक तथा प्राविधिक प्रगतिबारे समग्र समीक्षासहित आगामी वर्षका लागि नयाँ कार्ययोजना तय गरेको छ।

अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन पेश
कार्यक्रमका दौरान संस्थाका अध्यक्ष मुकुन्द शर्माले संस्थाले पछिल्लो वर्ष गरेको प्रगति, चुनौती र आगामी लक्ष्यबारे विस्तृत विवरण प्रस्तुत गर्नुभयो।
सचिव सरोज कुमार तिमल्सिनाले संस्थाको वार्षिक कार्यक्रम, सदस्य विस्तार, सेवा प्रवाह, प्रशासनिक सुधार लगायतका विषय समेटिएको सचिव प्रतिवेदन पेश गर्नुभयो।
त्यसैगरी कोषाध्यक्ष कृष्ण थापाले संस्थाको आय–व्यय, कूल सम्पत्ति, बचत तथा लगानीस्थितिबारे विस्तृत वित्तीय विवरण साधारणसभामा प्रस्तुत गर्नुभयो।
६० हजारभन्दा बढी सदस्य, करिब ६ अर्बको कूल सम्पत्ति
सहकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल संस्थामा ६० हजार ८६६ सदस्य रहेको छ। संस्थाको कूल सम्पत्ति ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९३१ पुगेको जानकारी सभामा दिइयो।
सदस्यको शेयर र बचत रकम
सदस्यहरूले संस्थामा गरेको शेयर लगानी ४९ करोड ३८ लाख ८ हजार ६०० पुगेको छ।
त्यसैगरी संस्थामा जम्मा भएको कुल बचत रकम ४ अर्ब २७ करोड ९८ लाख ७४ हजार ६९३ रहेको कोषाध्यक्ष थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख थियो।
आय–व्यय विवरण
गत आर्थिक वर्षमा संस्थाको
खुद आय: ५९ करोड ६ लाख ८७ हजार ४४९
खुद व्यय: ५५ करोड ३ लाख ७५ हजार २९५
रहेको र संस्थाले सञ्चालन खर्च कटौतीसहित आय वृद्धि गर्ने विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइयो।
प्राविधिक सेवाबाट ९ हजारभन्दा बढी सदस्य लाभान्वित
डिजिटल सेवातर्फ पनि सहकारीले उल्लेख्य प्रगति हासिल गरेको छ।
हाल संस्थामा
मोबाइल बैंकिङ प्रयोगकर्ता: ७ हजार ६०५
एटिएम कार्ड प्रयोगकर्ता: १ हजार २६६
क्यूआर प्रयोगकर्ता: ४४३
रहेको प्रतिवेदनमा उल्लेख छ। सहकारीले आगामी वर्षमा डिजिटल पहुँच विस्तार गर्ने योजना अगाडि सारेको छ।
सहकारीले सेवा विस्तार र आर्थिक सुदृढीकरणलाई प्राथमिकता
साधारणसभाले सहकारीको संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, जोखिम व्यवस्थापन, सदस्यको सीप विकास र समुदायमुखी कार्यक्रमलाई आगामी वर्षमा प्राथमिकता दिने निर्णय गरेको छ।
सहकारीका पदाधिकारीहरूले सहकारीलाई आधुनिक, सुरक्षित र सदस्यमैत्री सेवा प्रवाहका माध्यमबाट थप विश्वसनीय संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे।


