सामुदायिक साकोसको ३१ औँ साधारण सभा

 

पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) पनौतीको ३१औँ साधारण सभा अन्तरगत बनेपा सेवा केन्द्रका शेयरसदस्यहरूको उल्लेख सहभागितामा बनेपा पाटी भेन्युमा भएको छ।

बिज्ञापन

संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार २०८२ असार मसान्तसम्म बनेपा सेवा केन्द्रमा ६० हजार ८ सय ६६ जना कुल शेयर सदस्य रहेका छन्। तिनबाट संस्थाले ४९ करोड ३८ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको शेयर पूँजी संकलन गरेको छ।

उनका अनुसार सोही अवधिमा संस्थाको कूल कारोबार ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९ सय ३१ रुपैयाँ पुगेको छ।

अध्यक्ष मुकुन्द शर्मा वाग्लेको अनुसार “साकोसलाई थप पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने हाम्रो निरन्तर प्रयास जारी छ । सदस्यहरूको विश्वास र सक्रिय सहभागिताले नै संस्थालाई निरन्तर उचाइमा पुर्‍याएको छ । आगामी दिनमा पनि वित्तीय पहुँच विस्तार, गुणस्तरीय सेवा र सुशासनलाई प्राथमिकतामा राख्दै सहकारीलाई अझ सबल र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”