सुरक्षित स्वास्थ्यका लागि आज भिटामिन ए र जुकाको औषधी खुवाउने अन्तिम मौका 

# सुरक्षित स्वास्थ्यका लागि आज भिटामिन ए र जुकाको औषधी खुवाउने अन्तिम मौका 
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, कार्तिक २१, २०८२
सुरक्षित स्वास्थ्यका लागि आज भिटामिन ए र जुकाको औषधी खुवाउने अन्तिम मौका 

काठमाडौँ :- सरकारले देशभर संचालन गरेको भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम आज सकिँदैछ ।

भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ हिजो र आज भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गरिएको हो ।

बिज्ञापन

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत संचालन गरिएको यस अभियानमा ६ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई क्याप्सुल र ‌औषधी खुवाइँदैछ । पायक पर्ने नजिकको स्वास्थ्य संस्था र स्थानीय निकायले तोकेको ठाउँमा क्याप्सुल र जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ ।

सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने र करिव ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up