काठमाडौँका मेयर बालेन शाहविरुद्ध युवा संघद्वारा साइबर ब्युरोमा उजुरी

 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा (एमाले) निकट युवा संघले साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन्।

बिज्ञापन

युवा संघका प्रतिनिधिहरू आइतबार साइबर ब्युरो पुगेर मेयर शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्ति राजनीतिक दलहरूको मानहानि हुने प्रकारको रहेको भन्दै उजुरी दिएका हुन्। उनका अनुसार शाहले कात्तिक १६ गते मध्यराति अपमानजनक तथा अशोभनीय शब्दावलीसमेत प्रयोग गर्दै स्टाटस लेखेका थिए।

साइबर ब्युरोका एक अधिकारीका अनुसार उजुरी दर्ताको प्रक्रिया भइरहेको छ। उजुरीमा बालेनको उक्त स्टाटसले सभ्य व्यवहारविपरीत गालीगलौज फैलाएको आरोप लगाइएको छ।