चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान( २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायांकन बाकी भएको र चलचित्रको द्धन्दको छायांकनको क्रममा केहि कलाकारहरु घाईते समेत भएका थिए ।

काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा चकलेटी नायक सन्जित भण्डारी, कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी,ऋचा थापा, विन्दिया शाही, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी लगायतको अभिनय छ ।

रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट चलचित्र ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..