एआईजी कार्कीको प्रमुख आतिथ्यतामा डिआईजी ओम अधिकारीको स्वागत तथा डिआईजी शेखर खनालको फेरि भेटौँला कार्यक्रम

काभ्रेपलान्चोक – काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको स्वागत तथा प्रहरी नायव महानिरीक्षक शेखर खनालको फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी वरिष्‍ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं पदस्थापन भई यस कार्यालयमा हाजिर हुन आउनु भएका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरिएको छ ।

बिज्ञापन

साथै नेपाल सरकार गृह मन्त्रालयको निर्णयानुसार एसएसपी पदबाट प्रहरी डिआईजी पदमा बढुवा भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौं पदस्थापन हुनुभई नयाँ कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक शेखर खनालको विदाई भएको छ ।

स्वागत तथा फेरि भेटौंला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीलाई यस कार्यालयमा स्वागत गर्नुका साथै प्रहरी नायव महानिरीक्षक शेखर खनालले यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।

पदोन्नती सगैं पदस्थापन हुनु भएका प्रहरी नायव महानिरीक्षद्वयले नयाँ कार्यक्षेत्रमा समेत कुशल तथा व्यवसायिक रुपमा प्रहरी कार्य सम्पादन गरी आफ्नो दक्षता प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले राज्यको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नविनतम योजना निर्माण गरी आफ्नो कार्यकाल उपलब्धिमूलक बनाउन प्रहरी नायव महानिरीक्षकद्वयलाई निर्देशन समेत दिनु भयो ।