धरानका मेयर हर्क साम्पाङलाई ‘श्रम संस्कृति पार्टी’ को मान्यता

 

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) द्वारा दर्ता गरिएको श्रम संस्कृति पार्टी लाई आधिकारिक रूपमा मान्यता दिएको छ।

बिज्ञापन

मेयर साम्पाङ आइतबार, २०८२ कार्तिक गते आयोगमा उपस्थित भई दल दर्ता प्रमाणपत्र प्राप्त गरेका हुन्। आयोगबाट मान्यता पाएसँगै श्रम संस्कृति पार्टी अब औपचारिक रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्न योग्य भएको छ।

साम्पाङले धरानमा स्थानीय शासनको वैकल्पिक मोडेल प्रस्तुत गर्दै आएका छन् । नयाँ पार्टीमार्फत आफ्नो राजनीतिक अभियानलाई संस्थागत रूपमा अघि बढाउने संकेतसमेत उनले दिएका छन्।