बनेपा – शनिबार नेकपा एमालेले अधिकांश वडामा वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सकेको छ । काभ्रे जिल्लाका पनि अधिकांश वडाहरूको अधिवेशन सम्पन्न भएकोे छ ।

अधिवेशन सम्पन्न गर्न बनेपा, पाँचखाल र धुलिखेलका केही वडाहरूमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा पुग्नु भएको थियो । उहाँले काभ्रेमा एस पार्टीमा लागेकाहरुले सदस्य समेत नजित्ने भन्दै काभे्र जिल्ला भरिमा २ हजार ५ सय मत ल्याउने बताउनु भयो । बाँस्कोटाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल केही दिन अगाडी धुलिखेलबाट पाँचखालको खावा सम्म जिपलाईनमा झुण्डिएका थिए, आगामी निर्वाचनमा माओवादी पार्टीको अवस्था त्यस्तै झुन्डिने मात्रै हुन्छ, न यता न उता । पार्टी एकता गरी अगाडी बढिरहेको अवस्थामा माधब नेपाल, प्रचण्ड जस्ता पिराहा मुलुकको हित नचाहने झुन्डहरुका कारण नेपाल पछि परेको भन्दै बाँस्कोटाले माधव नेपालहरूको यात्रा मरुभूमिमा पोखरी खोज्दै हिँडेको उँट जस्तै भएको बताउनु भयो ।
माधव नेपाल र उनको पार्टी छदमभेषी कम्युनिष्ट र मकै बारीको कालो पोके मकै, धान खेतको सामा जस्तै हुन भन्दै बाँस्कोटाले भन्नुभयो–‘महाधिवेशन देखि महाधिवेशनसम्म कुर्न नसक्ने माधव नेपालले पार्टी र जनता प्रति अपराध गरेका छन् । यसको बदला एमालेले लिन्छ, लिन्छ ।’ एमालेको सरकार बने पनि अदालत र न्यायाधीशले सरकार ढालेको भन्दै पूर्व मन्त्री बाँस्कोटाले देश बनाउन र देशको समृद्धिको लागि नेकपा एमालेको नेतृत्व विना सम्भव नभएको बताउनु भयो । फेरी पनि एमालेले दुई तिहाइ नजिक परिणाम ल्याउने भन्दै बाँस्कोटाले माओवादी र समाजवादीलाई जनताले नै सकाउने बताउनु भयो ।

धुलिखेल ६ र ७ को अधिवेशनमा बोल्दै एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले समाज रूपान्तरणका लागि नेकपा एमालेको विकल्प छैन भन्दै एमालेकै नेतृत्वमा मात्रै काभ्रेको विकास र समृद्धि सम्भव रहेको बताउनु भयो । –नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..