


रुपन्देही — नेपाल विद्युत प्राधिकरणको विद्युत कटौतीविरुद्धको आन्दोलनमा सहभागी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको भाषणकै क्रममा निधन भएको छ।
बिज्ञापन


भैरहवास्थित विद्युत कार्यालय अगाडि आन्दोलनको कार्यक्रममा सम्बोधन गर्दै गर्दा अचानक ढलेका गौतमलाई मणिग्रामको क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

६२ वर्षीय गौतम बुटवल लक्ष्मीनगरका स्थायी बासिन्दा हुन्। दुई दिनअघि काठमाडौंबाट फर्किएका उनले आन्दोलनको अगुवाइ गरिरहेका थिए। उनका श्रीमती र दुई छोरा छन्।


