



काठमाडौं — नेपाल प्रहरीका इन्स्पेक्टर राजेश सिलवाललाई यस वर्षको “उत्कृष्ट ट्राफिक प्रहरी” पुरस्कार प्रदान गरिएको छ। “सत्य सेवा सुरक्षणम्” को आदर्शलाई आत्मसात् गर्दै सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा पुर्याएको उल्लेखनीय योगदानका कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।
बिज्ञापन


७०औं प्रहरी दिवस–२०८२ का अवसरमा आयोजित विशेष समारोहमा नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले इन्स्पेक्टर सिलवाललाई पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कार प्रदान गर्दै आईजीपी खापुङले इन्स्पेक्टर सिलवालले देखाएको अनुशासन, सेवा भावना र पेशागत समर्पणले सम्पूर्ण ट्राफिक प्रहरीका लागि प्रेरणाको स्रोत बनेको बताए। उनले भविष्यमा पनि राष्ट्रसेवाको पवित्र जिम्मेवारीप्रति इमानदार रहँदै अझ उत्कृष्ट योगदान दिन शुभकामना व्यक्त गरे।