



बनेपा । तरुण दल केन्द्रीय सदस्य तथा सामाजिक व्यक्तित्व सुधीर बैधको नेतृत्वमा नेपाल तरुण दल बनेपा नगर समितिले दशैंको अवसरमा न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ।


फुलपातिको दिनदेखि सुरु गरिएको यस अभियान अन्तर्गत दैनिक छाक टार्न समस्या भोगिरहेका घरपरिवारलाई चामल, दाल, नुन, तेल, मसौरा, बिस्कुट र चिउरा लगायतका खाद्यान्न सामग्री वितरण गरिएको बैधले जानकारी दिनुभयो।

सहयोग वितरण कार्यक्रममा तरुण दल काभ्रे जिल्ला उप–सभापति बिजेन रञ्जित, बनेपा नगर अध्यक्ष बिबेक बैजु, सुजल प्रधान, रुकेश मानन्धर, टीका डंगोल, सुरज दाहाल, सन्दीप थापा, सुजल बैध, कृशल बैध, सलिम देउवा लगायत थुप्रै युवाको सक्रिय उपस्थिति रहेको थियो।
बनेपा नगरपालिका वडा नं. १ देखि १४ सम्मका ७६३ घरपरिवारलाई राहत वितरण गरिने कार्यक्रम भोलि–पर्सि सम्म निरन्तर चल्ने बताइएको छ।
केन्द्रीय सदस्य बैधले विगतका वर्षहरूमाझै यस वर्ष पनि विजया दशमीमा खाद्यान्न सहयोग अभियानलाई निरन्तरता दिएको बताउँदै आफू र आफ्नो टिमले भुकम्प, कोरोना महामारी, बाढी–पहिरो, आगजनी लगायतका जस्तोसुकै विपदमा पनि सहयोग गर्दै आएको स्मरण गराउनुभयो।