



काठमाडौं । काठमाडौंको टिंकुनेस्थित मण्डला बैंक्वेटमा शनिबार भव्य समारोहका बीच मिस तथा मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५ को ग्राण्ड स्यासिङ सेरेमनी सम्पन्न भएको छ।


यस कार्यक्रममार्फत नेपालका प्रतिभाशाली तथा साहसी महिलाहरूले आफ्नो आधिकारिक स्यास ग्रहण गर्दै अन्तर्राष्ट्रिय यात्राको शुभारम्भ गरेका छन्। आयोजकका अनुसार, यो मात्र सौन्दर्य प्रतियोगिता नभई नेपाललाई विश्वमा चिनाउने अवसर समेत हो, जहाँ सहभागीहरूले Nepalese beauty, culture & empowerment लाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्नेछन्।

🔹 Miss Nepal International World 2025 का प्रतियोगीहरू
५. अधिका कुमारी थापा मगर
६. हिमानी थापा मगर
९. प्रेक्ष्या श्रेष्ठ
१४. सुषिला कार्की
🔹 Mrs Nepal International World 2025 का प्रतियोगीहरू
१. डा. मीना प्रधान
२. बालकुमारी फुयाल दाहाल
३. भावना चौलागाई
७. कमला थापा
१०. रञ्जु कार्की
११. संजिता मण्डल
१२. सरु कार्की
१३. गीता ओली
१५. युनिशा राई
१७. सानु शेर्पा
१८. सुमना पाण्डित
१९. चन्दु बलामी
सामरी इन्टरनेशनल इभेन्ट प्रालि आयोजक संस्थाले यो भव्य स्यासिङ सेरेमनीले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य, संस्कृतिको पहिचान र महिलाको सशक्तिकरणको नक्सामा अझ स्पष्टसँग चिनाउने विश्वास व्यक्त गरेको छ।