

सानुकाजि थापा
“फजुल खर्च बचत, हाम्रो लगानी, सिर्जित रोजगारी, नगर विकासको प्रतिबद्धता” भन्ने मूल नारासहित श्री शिव बौडेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।


कार्यक्रममा टाेखा नगरपालिका–१ का वडा अध्यक्ष प्रमुख अतिथि रहनु भएको थियो। संस्थाका अध्यक्षको सभापतित्व र सचिवको सञ्चालनमा सभा सम्पन्न भयो।
साधारणसभामा जिल्ला स्तरका पदाधिकारी, श्रमिक बहुउद्देश्यीय साकोसका अध्यक्ष, साना किसान साकोसका अध्यक्षसहित शेयर सदस्य तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य सदस्यद्वारा प्रस्तुत गरियो भने लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजकले प्रस्तुत गर्नुभयो।
सभाको क्रममा सहकारीका लक्ष्य, आगामी योजना र नगर विकासमा योगदानबारे पनि छलफल गरिएको थियो।
बिज्ञापन


