

बनेपा । निर्देशक धनेन्द्र तिमल्सिना (राज)को निर्देशनमा टेलि चलचित्र ‘मालती’ को छायाँङ्कन सुरु भएको छ ।


पनौती नगरपालिका वडा नम्बर २ स्थित छिना भन्ज्याङबाट छायाँङ्कन सुरू गरिएको टेलिचलचित्रले समाजमा घट्ने विषयवस्तु प्रस्तुत गर्ने बताइएको छ । सामाजिक विषयवस्तुमा निर्माण गरिएको चलचित्रले नेपाली समाजको वास्तविकतालाई समेत उजागर गर्ने निर्देशक तिमल्सिनाले बताएका छन् ।


साबित्री हुमागाईको प्रस्तुतिको ब्यानरमा बनिरहेको नेपाली कथानक टेलि चलचित्र ‘मालती’ को निर्माता सरु हुमागाईं हुन् । तिमल्सिनाको निर्दशन रहने टेलिचलचित्रमा डिओपी मुकेश हुमागाईं र छायाँङ्कन सन्तोष तिमल्सिनाको रहको छ ।

चलचित्रमा प्रिती शिवाकोटी, राकेश रनपाल, अनिता सुन्दास, लेखराज दाहाल, रमेश सापकोटा, आशिका खत्री, हरि भण्डारी, रुपा चौहान, रिया सुवेदी, भोला भण्डारी, बाङ्गेल लामा, अस्तराम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।