



काभ्रे । जिल्लाबाट प्रकाशित सु-सन्देश साप्ताहिकले आज (बिहीबार) बाट २३ औं बर्षमा प्रवेश गरेको छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारालाई अँगाल्दै अघि बढेको साप्ताहिकले २३ औं स्थापना दिवस मनाएको हो ।

सो अवसरमा नेत्रवाण डटकम नामक अनलाइन पोर्टलको समेत शुभारम्भ गरेको छ ।

कार्यक्रममा पूर्व सभामुख, नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अग्नीप्रसाद सापकोटाले अनलाइन शुभारम्भ गर्दै मुलुकमा परिवर्तन सञ्चार माध्यमले ल्याएको जनाउँदै अबको आवश्यकता डिजिटल पत्रकारिता रहेको बताए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुर्यमान दोङ, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायतले सञ्चारको महत्त्वबारे बोलेका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काभ्रेका संयोजक भोला अर्याल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना र पत्रिकालाई सहयोग गर्ने अमृत अधिकारी, रविन मानन्धर, शुभराज अधिकारी, बिपशना शाक्य, चित्रप्रसाद घिमिरे, मनिषा तिमल्सिना, सीता थापा, कृष्णबहादुर खत्री, समाजसेवी राजन अधिकारी लगायत विभिन्न संघसंस्था र व्यक्तित्वलाई सम्मान गरेको छ ।