बनेपामा ClassicTech को गोला प्रथा सम्पन्न, १० विजेता घोषणा

बनेपामा सम्पन्न ECAN Kavre Education Fair 2082 मा ClassicTech ले आयोजना गरेको गोला प्रथा गतिविधि भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूमध्ये १० जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिएको छ।

ClassicTech काभ्रेपलाञ्चोकको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुँदै बनेपा शाखा प्रमुख निराजन रेग्मीले विजेताहरूको नाम घोषणा गरेका थिए।

बिज्ञापन

विजेता घोषणा

गोला प्रथाबाट चयन भएका विजेताहरूमा —
एलीना राई, अनुस्का केसी, मुना गौतम, सुदिप सापकोटा, बिप्लोभ हमाल, रिजान बस्नेत, आयुष सापकोटा, कृतिदेवी श्रेष्ठ, वर्षा मानन्धर र आयुष अधिकारी रहेका छन्।

अफर र उपहार

आयोजकका अनुसार, सहभागी सबैले ClassicTech को तर्फबाट इन्टरनेट सेवामा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
त्यस बाहेक १० विजेताहरूले विभिन्न संस्थाहरूबाट आकर्षक उपहार प्राप्त गर्ने अवसर पाएका छन्।

ClassicTech Internet – ६ महिनाको बोनस (१० वार्षिक ग्राहकका लागि)

Om Shanti Tailoring Center – २५% छुट

Discovery Education – निःशुल्क IELTS, PTE तथा Japanese Classes

Grace International Education – Earbuds, फूड भौचर तथा गिफ्ट ह्याम्पर

Chiya Station – रिफिलयोग्य चिया

Modern Academy – ४०% छुट Barista तालिम, ३०% छुट Cooking/Bakery तालिम

BMK Driving Center – ५०% छुट

Samaj Dental – २०% छुट

All Care Health Services – २०% छुट Health Checkup

ClassicTech का प्रतिनिधिहरूले सहभागीहरूको उत्साहप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले ग्राहक र संस्थाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। साथै भविष्यमा पनि अझ आकर्षक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाइएको छ।