जुनियर मोडल इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्न भियतनाम उडे तासी, तोरेशा, सुहानी र विपार्थ

 

काठमाडौँ । जुनियर मोडल इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्न भियतनामको दानाङ शहरमा हुने प्रतियोगिताका लागि तासी नुर्वु शर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापा भियतनाम उडेका छन् ।

बिज्ञापन

दानाङमा अगस्ट १३ देखि १८ सम्म आयोजना हुने कार्यक्रमका लागि मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामतर्फ प्रस्थान गरेका छन् ।

‘जुनियर मोडल इन्टरनेशनल २०२५’ मा विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । चारै जनाले प्रतियोगितामा नेपाली कला–संस्कृतिको प्रचारप्रसार गर्दै नेपालको पर्यटन प्रवद्र्धन गर्नेछन् ।

चारै जनाले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवद्र्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका छन्, जसले अन्तर्राष्ट्रिय प्रतियोगीहरूलाई नेपालप्रति आकर्षित गर्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुँदैछन् । चारै जना बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५ र लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२५ ’ का विजेता हुन् । प्रतियोगितामा सहभागी प्रतियोगीहारुको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।