‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२५’ अन्तर्गत ट्यालेन्ट राउन्ड सम्पन्न

 

काठमाडौं – ‘९औं वार्षिक किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमअन्तर्गतको ट्यालेन्ट राउन्ड भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२५’ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको हो। प्रतियोगीहरूले नृत्य, अभिनय, गायन,बाध्य, बाधन, कविता, आर्ट, जुडो, कराते लगायतका विभिन्न प्रतिभा प्रस्तुत गर्दै दर्शक र निर्णायकहरूको मन जितेका थिए।

बिज्ञापन

कार्यक्रमको निर्णायक मण्डलमा नृत्य कोरियोग्राफर अनुप डंगोल, अभिनेता प्रमोद बाबु र सञ्चारकर्मी लिना डंगोलको सहभागिता रहेको थियो।

विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै ट्यालेन्ट राउन्डको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

नवौं संस्करण ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२५’ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।

‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२५’ मा विभिन्न प्रशिक्षण सहित ट्यालेन्ट राउण्ड प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् ।