काभ्रेपलान्चोक – पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने भएका छन । शनिबार काभ्रेको पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने काभ्रे वितरण केन्द्रले सूचना जारी गरेको छ ।

बनेपा–पनौती सडक आसपास ११ केभीको डबल फिडरहरू सार्नु पर्ने भएकाले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले बताएको छ । बिहान १० बजेदेखि ६ बजेसम्म विद्युत सेवा बन्द हुने छ। पनौती र खोपासी फिडरका पनौती बजार, कुशादेवी, रोशी बजार, दाप्चा, पर्थली ढुंखर्क लगायतका क्षेत्रमा विद्युत सेवा बन्द हुने छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..