भुम्लु गाउँपालिकाको स्वास्थ्य शाखामा थप सफलता, सुशीला कुँवर सम्मानित

 

काभ्रे — भुम्लु गाउँपालिका स्वास्थ्य शाखाले बागमती प्रदेश सरकारको ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा’ र ‘बागमती डिजिटल हेल्थ’ शुभारम्भ कार्यक्रममा उल्लेखनीय सफलता हासिल गरेको छ।

बिज्ञापन

कार्यक्रममा काभ्रेपलान्चोक जिल्लाभरिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामध्ये भुम्लु गाउँपालिका–४ चौबास स्वास्थ्य चौकीमा कार्यरत सुशीला कुँवरलाई उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका का रूपमा सम्मान गरिएको हो।

भुम्लु स्वास्थ्य शाखाले सम्मानप्रति आभार व्यक्त गर्दै प्रदेश स्वास्थ्य मन्त्रालय तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकलाई विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोक प्रमुख राघिश्री कक्षपति पनि सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।