काभ्रे – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं : भड्किलो विकृतिलाई रोकौं’ भन्ने नारका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुन लागेको हो ।

हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान–प्रदान गर्दै यस पटक जिल्लाका जिल्ला स्थित सम्पूर्ण निजी र सरकारी संघ संस्था तथा कार्यालयका महिला कर्मचारीहरुको सहभागितामा तिज विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले जानकारी दिए ।

आफ्ना दुःख, पिर व्यथालाई भुलेर खुशी साटासाट गर्दै नेपाली महिलाहरुले मनाउँदै आएको तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन उनले आग्रह गरे ।

तिज विशेष कार्यक्रम यहीँ भदौ ३१ गते जिल्ला समन्वय समितिको प्रागणमा तिज विशेष कार्यक्रम हुनेछ । जिल्ला स्थित सम्पूर्ण संघ/संस्था तथा कार्यालयका कर्मचारी एवं सम्पूर्ण महिलाहरुलाई कार्यक्रममा सहभागिताका लागि समन्वय प्रमुख गौतमले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….