सप्तरी – रुपनिमा आज पत्रकार आदित्यले २५ जना बिद्यार्थीहरुलाई पढने सामग्री हस्तान्तरण गरेका छन् ।

पब्लिक खबर २४ नामक न्युज च्यानल चलाउदै आएका पत्रकार आदित्य अजय बिगत लामो समय देखि संचार क्षेत्रमा लागि गरिब निमुखा जनताहरुको आवाज बनि साथै समय मिल्ने बित्तिकै समाजसेवामा होमिरहने आदित्य आज पनि आफुले कमाएको रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन्।

रुपनिमा ४ छपकि टोल स्थित रहेको श्री आधारभुत बिधालयमा हाजिरी जबाफ प्रतियोगिता गराई २५ जना बिद्यार्थीलाई पढने सामग्री जस्तै , स्पिडि ग्रामर, स्टेप बाइ स्टेप, नेपालि ग्रामर, डिक्सनेरि , कापी पेन लगायत बिद्यार्थीहरुलाई पठन पाठनमा सहज वातावरण सिर्जना होस् भन्ने उदेश्यले उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको पत्रकार आदित्यले जानकारी दिए। साथै उनले भने अब हरेक वर्ष वा महिनामा कमाईको ५० % बिद्यार्थी, गरिव ,बिपन्न परिवार ,अपाङ्ग ,अशक्त ब्यक्तीलाई हस्तान्तरण गरिरहने प्रतिवद्दता समेत जनाए।

कार्यक्रममा आधारभुत बिधालयका प्रध्यानाध्यापक बालकिशुन यादब, शिक्षक शयाम यादब,बैजु यादब र शिक्षिका मालती ,गुलाब,सरिता पन्डित लगायत आधारभुत बिधालयको सम्पूर्ण शिक्षक शिक्षिका उपस्थितिमा उक्त कार्यक्रम समापन भएको हो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly